Buddha Foundation

Support Foundation
Donate

Meeting with MP, secretary with Leicester city councillor!


बुधबार 18 फाल्गुन, 2078
1362

आज मिति 10.12.2021 मा श्रृजनशील लेष्टर समाजको अगुवाईमा लेसेष्टर MP/Councillor संग काउन्सिल अफिसमा भेटघाट कार्यक्रम गरियो।उक्त अवसरमा लेष्टर शहरमा बस्ने नेपालीहरूबारे विस्तृत बिवरण र जानकारी दिँदै, समाजका लागि आवस्यक हल/भवनको माग गर्दै एक ज्ञापन पत्र समेत हस्तान्तरण गरियो। लेसेष्टर र यस वरपर बस्ने नेपाली परिवारलाई समेट्दै काउन्सिले दिन सक्ने सहयोग, सहकार्यका लागि MP संग समेत अनुरोध गरियो। 

समाजका महासचिव, कार्यसमिति टिम, संस्थापक एवं सबै पूर्व अध्यक्षलगायत लेसेष्टर बाहिरबाट आउनुभएका समाजसेवीले मिलेर लिखित बक्तब्य काउन्सिललाई बुझाउने कार्य सम्पन्न भयो। काउन्सिलर/यम.पी. र उपस्थित पदाधिकारीहरूसंगको यस उपलब्धिमूलक भेटघाटबाट समाजलाई स्थानिय काउन्सिलबाट आउँदा दिनहरूमा सक्दो साथ र सहयोग मिल्ने प्रतिबद्धता पनि काउन्सिलले गरेको छ। 

यस भेटघाट कार्यक्रममा उपस्थित भएर साथ दिनुहुने सबैलाई श्रृजनशिल लेष्टर समाज हार्दिक धन्यवाद् ज्ञापन गर्दछ। साथै काउन्सिलका तर्फबाट आएको सकारात्मक प्रतिबद्धताप्रति पनि समाज हार्दिक आभार ब्यक्त गर्दछ🙏🙏

नारायण फूयाल, 
अध्यक्ष 
श्रृजनशिल लेष्टर समाज यू.के.

Notice Board


Re-Engining our website
We are re-engining our website, we will be back soon.......


View Details