Buddha Foundation

Support Foundation
Donate

Meeting with MP, secretary with Leicester city councillor.


बुधबार 18 फाल्गुन, 2078
1376

नमस्कार 🙏 
हजुरलाई अवगत नै छ, कार्यसमितिको हिजो मिति 27/12/2021 सृजनशिल लेस्टर नेपाल यु.के. कार्यसमितिको बैठक एभरेष्ट परिकार रेष्टुरेन्टमा बसी समाजको बिगत, वर्तमान र भोलिका दिनमा समाजलाई कसरी अझै राम्रोसंग अघि बढाउने सम्बन्धी महत्वपूर्ण बुँदाहरूमा समाजका संरक्षकज्यू, सल्लाहकारज्यू, ट्रष्टीज्यूहरूसहितको उपस्थितिमा अति नै सौहार्दपूर्ण वातावरणमा छलफल एवं निर्णयहरू पारित गरियो ।

1. दशैं-तिहारको शुभकामना साँझको समिक्षा गरियो। पार्टी भव्य र सभ्य रूपमा सम्पन्न भएकोमा उक्त कार्यक्रममा उपस्थित सहभागि एवं सहयोगी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरियो।
2. समाजको आय-ब्यय सम्बन्धी बृहत् रूपमा छलफल गरियो। आय-ब्यय एवं लेखा सम्बन्धी बिवरण कोषाध्यक्ष मधुसूदन पौडेलले गर्नुभयो। समाजको च्यारिटीसम्बन्धी लेखा अपडेटको जिम्मा समाजका सल्लाहकार बरूण भन्डारीलाई जिम्मा दिईयो। 
3. समाजका युवाहरूलाई विभिन्न कार्यक्षेत्रमा सहभागि गराँउदै समाजसंग आवद्ध र आकर्षित गराउँदै उनिहरूका दैनिक क्रृयाकलपमा समाज सहभागी हुने उध्देश्यका साथ समाजका सल्लाहकार प्रकाश पान्डेजीलाई संयोजनको जिम्मा बैठकले सर्वसम्मत रूपमा सुम्पियो।
4. समाजले यस अघि नै स्थानिय काउन्सिलर र MP संग छलफल गरी समाजको बारेमा बिवरण दिँदै काउन्सिलबाट मिल्न सक्ने सहयोग, समाजका लागि हल/भवनको मागबारे पनि बैठकमा जानकारी दिईयो। MP बाट समाजलाई पत्राचार भएको र सकारात्मक रूपमा कुरा अघि बढेको पनि बैठकलाई जानकारी दिईयो।

दुई घन्टा भन्दा लामो समयसम्म चलेको बैठकमा निःशुल्क खाना, भेन्यु उपलब्ध गराउनुहुने समाजका महासचिव पुन्डरीजीलाई बिशेष आभार प्रकट गर्दै सहयोगी साथीहरू दिनानाथ अर्यालजी, कृष्ण खत्रीजी र उपस्थित भएर साथ, समर्थन, सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बैठक समापन गरियो।

उपस्थितिः
नारायण फूयाल, अध्यक्ष 
शिवलाल गौतम, उपाध्यक्ष 
पुन्डरी अर्याल, महासचिव
लक्ष्मण गौतम, सचिव
मधुसुदन पौडेल, कोषाध्यक्ष 
राम प्रसाद बन्जाडे, सदस्य
श्याम ढकाल, सदस्य
सुरेश के.सी., सदस्य
माया प्रधान खरेल, सदस्य
सावित्री नेपाल, सदस्य 
शान्ती अर्याल, सदस्य
कृष्ण कँडेल, सदस्य 
शान्ता तामांग , सदस्य

राजु कँडेल, संस्थापक अध्यक्ष
दयानिधि सापकोटा, प्याट्रन-सल्लाहकार
प्रेम आले मगर, भूतपूर्व अध्यक्ष 
डा. प्रकाश पान्डे, सल्लाहकार
ई. गोपाल न्यौपाने
बरूण भन्डारी, सल्लाहकार

सेवामा,
नारायण फुयाल
अध्यक्ष 
सृजनशील लेस्टर नेपाल यू.के.

Notice Board


Re-Engining our website
We are re-engining our website, we will be back soon.......


View Details